पोखरा, २५ साउन– पोखरामा विप्लवका विधार्थी नेता पक्राउ परेका छन् । विप्लव समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस (पिएन) का अध्यक्ष प्रकाश बास्तोला र उनीसँगै रहेका तीर्थ बुढाथोकीलाई कास्की प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुवाष हमाल सहितको टोलीले उनीहरुलाई पोखरा–९ स्थित ओम हस्पिटल नजिकैबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्की लगिएको छ ।





