बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पहिरोले पधेँरो पुर्दा खानेपानीको समस्या

पहिरोले पधेँरो पुर्दा खानेपानीको समस्या


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०७७, सोमबार

पोखरा, २६ साउन– लगातारको वर्षासँगै पोखरा महानगरपालिका वडा नं ३३ बर माझथरस्थित कटुजे पँधेरो पहिरोका कारण पुरिदा यहाँका सर्वसाधारण समस्यामा परेका छन् ।
असारको पहिलो सातामा पानीको मुहानमा गएको पहिरोले खानेपानीको स्रोत नै थुनेको र त्यस यताको लगातारको बाढीले पटक पटक क्षति पु¥याए पछि एक महिनादेखि खानेपानी आपूर्तिमा समस्या परेको स्थानीयवासी एवम् शिशुकल्याण माध्यमिक विद्यालय भरतपोखरीका शिक्षक सुदन पौडेलले जानकारी दिए ।पौडेलका अनुसार परापूर्व कालदेखि कटुजे पँधेरोबाट यहाँका पाण्डेबारी, माझथर, हुँडिकोट, मासबारी लगायत स्थानका ६० भन्दा बढी घरधुरीले उपयोग गर्दै आएका छन् । पिउने पानीका साथै पशुबस्तुका लागि यहीँको पानी उपयोग हुँदै आएको थियो । कटुजेमा उपल्लो र तल्लो गरी पानीका दुईवटा मुहान रहेकोमा दुईवटै पहिरोले पुरेको अर्का स्थानीयवासी एवम् चण्डी माध्यमिक विद्यालयका शिक्षक कमलप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->