पोखरा, २७ साउन– कास्की प्रहरीले पोखरामाबाट १ किला २ सय ग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजार कास्कीको टोलीले सोमबार पोखरा महानगरपलिका–१० शिवमार्गबाट स्याङ्जा हरिनास गाउँपालिका–४ बाङगेश्वाराका घ२० वर्षीय जीतबहादुर बिक. र धादिङ सिद्धलेक गाउँपालिका–६ कुम्पुर घर भई हाल पोखरा महानगरपालिका– १० बस्ने २३ वर्षिय रोहित घलेलाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–१० शिवमार्ग स्थित केही व्यक्तिहरुले लागूऔषध गाँजा सेवन तथा बिक्री वितरण समेत गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलिले निजहरुलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बतबाए ।





