सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

राजभण्डारीलाई क्रियाशिल पत्रकारीता पुरस्कार

राजभण्डारीलाई क्रियाशिल पत्रकारीता पुरस्कार


  • ढोरपाटन संवाददाता
  • साउन २७ २०७७, मंगलबार

बागलुङ, २७ साउन– तीस दशक यता निरन्तर पत्रकारितामा क्रियाशिल रहेको भन्दै पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीलाई पुरस्कृत गरिएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले आफ्नो २१ औं स्थापना दिवसको अवसरमा मंगलबार राजभण्डारीसहित दुई जना पत्रकारलाई पुरस्कृत गरेको हो ।
समाजसेवी विमलमान गुभाजूले आफ्ना दिवंगत बाबुआमाको स्मृतिमा स्थापना गरेको कोषबाट क्रियाशिल पत्रकारतर्फ राजभण्डारी र कला साहित्य तथा संस्कृतिमा कलम चलाएबापत कास्कीका पत्रकार रुद्रबहादुर थापालाई पुरस्कृत गरिएको छ । उनीहरु दुवैलाई जनही २५ हजार र ताम्रा–पत्रले पुरस्कृत गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । फोनिजले दुवै पुरस्कार पहिलो पटक प्रदान गरेको हो । फोनिजमा आवद्ध निरन्तर लामो समय क्रियाशिल रहने र भाषा साहित्य तथा संस्कृतिको क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्दै जाने फोनिज गण्डकीका उपाध्यक्ष दिल शिरिषले बताए ।
बागलुङका राजभण्डारी एभिन्युज टेलिभिजनमा कार्यरत छन् । २०४५ सालदेखि पत्रकारिता सुरुवात गरेका राजभण्डारी बागलुङमा रहेर पत्रकारिता क्षेत्रमा अनवरत ३२ बर्षको निरन्तर यात्रा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->