बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पहिरो प्रभावित घोप्टेभीर पुग्यो अर्थसमिति

पहिरो प्रभावित घोप्टेभीर पुग्यो अर्थसमिति


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०७७, बुधबार

पोखरा, २८ साउन– गण्डकी प्रदेशसभाअन्तरगतको अर्थ तथा विकास समिति विभिन्न अप्ठेरो छिचोल्दै सोमबार डुम्रे–बेंसीसहर–चामे सडक अन्तर्गतको घोप्टेभीर पुगेको छ ।
पाँचदिन अगाडि आएको बर्षाले घोप्टेभीरमा सडक पहिरोले बगाएपछि बेंसीसहर–चामे सडक ठप्प रहेको छ । । वर्षातका कारण ठाउँठाउँमा अबरुद्ध भएको सडकमा कतै पहिरो पन्छाउदै त कतै ढुङगा हाल्दै समिति घोप्टेभीर पुगेको हो ।
अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाको नेतृत्वमा गएको टोलीले बेसीशहर–चामे सडकअन्तर्गतको बेसीसहर नगरपालिका–७ सहजी नजिकै पुमाखोला, वडा नं ६ खरखरे ,बेलौती बिसौना, मस्र्याङदी गाउँपालिका वडा नं ४ घोप्टेभीरलगायतको ठाउँमा पहिरोले क्षति पु¥याएको सडक खण्डको निरिक्षण गरेको हो । घोप्टेभीरमा पहिरोको कारण बेलीव्रीजनै निर्माण गर्नुपर्ने अबस्था सृजना भएको छ । अनुगमन पश्चात सभापति कोइरालाले छिटोभन्दा छिटो बेलीब्रीज हालेर बाटो सुचारु गर्न डुम्रे–बेसीसहर–चामे योजनाका प्रमुखलाई आग्रह गरेका छन् । तीन तहको सरकार हुँदा पनि नागरिकका समस्या उस्तै रहेको ,बाटाघाटन उस्तै रहेको र निर्माण कार्यले गति लिन नसेको गुनासो यत्रतत्र आउने गरेको बताउँदै उनले यसले गर्दा सरकारको कार्यशैली माथि प्रश्न रहेको हुनाले त्यो प्रश्न हल गर्न पनि समयमा काम हुनुपर्ने बताए ।
घोप्टेभीरको सडक खण्ड पहिरोले पूरै भाग बगाइदिँदा सडक संञ्जालसँग मनाङ सम्पर्कविच्छेद भएको छ । घोप्टेभीरबाट मनाङका नागरिकहरु फड्के बाट जोखिम पुर्णरुपमा आवतजावत गरिरहेका छन् । स्थानीय जीतबहादुर गुरुङले चार दिनमा चारवटा फट्के बाढी बगाइदिएको भन्दै सडक नहुदा आफुहरुले दुःख पाएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->