बागलुङ, २८ साउन– काठको फड्के (साँघु) तर्ने क्रममा खोलामा खसेर बागलुङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ८ बोबाङमा साँघुबाट खसेर ५८ वर्षिया गोरे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढोरपाटन नगरपालिका वडा नं. ९ का सुनार भुजीखोला तर्ने क्रममा साँघुबाट खसेका थिए । उनको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनी खोला तरेर आफ्नो घर जाँदै थिए । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङमा वर्षेनि साँघुबाट खसेर सर्वसाधारणको मृत्यु हुने गरेको छ ।





