बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अन्नपूर्णले सुरु गर्यो ‘एक व्यक्ति-एक मास्क’ अभियान

अन्नपूर्णले सुरु गर्यो ‘एक व्यक्ति-एक मास्क’ अभियान


  • रन्जिता शर्मा
  • साउन २९ २०७७, बिहिबार

पोखरा, २९ साउन – आफ्ना नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘एक व्यक्ति–एक मास्क, एक घर एक सावुन र व्रोसर’ अभियान सुरु गरेको छ । कोरोना संक्रमण वढ्दै गएपछि पालिकाले सचेतनाका लागि स्वास्थ्यकर्मी सहितको टोली पालिकाका सवै घरमा पुग्ने गरी यो अभिायन सुरु गरेको हो ।
नागरिक आफै सचेत नभएसम्म स्वास्थ्य सुरक्षा सम्भव नहुने भएकाले पालिकाले विहिवारबाट यो अभियान सुरु गरेको अध्यक्ष युवराज कुवँरले वताए । अभियान अन्तरगत सवै ब्यक्तिलाई मास्क, पालिकाले तयार गरेको व्रोसर र सावुन पुराउने गरी पालिकाले स्वास्थ्यकर्मी, कर्मचारी र शिक्षक सहभागी टोली बनाएको छ ।
चाडपर्व नजिकिदै गर्दा सामाजिक दुरी कायम नहुने भएकाले त्यसलाई कार्यान्वयन गर्न पनि अध्यक्ष कुवँरले सवैलाई आग्रह गरेका छन् । कोरोना संक्रमण रोक्न सचेतना, मास्कको प्रयोग र सामाजिक दुरी कायम गर्नु महत्वपूर्ण छ, अध्यक्ष कुवँरले भने, यसका लागि ब्यक्तिगत सरसफाई, खाना र पानीको स्वच्छता तथा घरेलु फोहोर ब्यवस्थापनमा ध्यान दिनुपर्दछ ।’
गाउँपालिकाको अभियानलाई सफल पार्न नेलम्बो नेपालले सर्जिकल मास्क ३० हजार पिस, ब्रोसर १५ हजार थान र अन्नपूर्ण काठमाडौं समाज र ढिकुरपोखरी काठमाडौं समाजले ७ हजार थान हातधुने सावुन प्रदान गरेका छन् । कोरोना रोकथाम, उपचार र नियन्त्रणमा पालिकाले सुरु गरेको अभियानमा सहयोग पुराउने उदेश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले वताए ।
स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले कोरोना समुदायमा पुग्न थालेकाले दोस्रो चरणको कार्यक्रम अन्तरगत सचेतनालाई बढि जोड दिएको वताए । स्थानीय उत्पादनमा जोड दिदै उनले अर्गानिक खानाले रोगप्रतिरक्षा शक्ति बढाउने भएकाले कोदोको खाद्य बैंक बनाउने लगायतका कार्यक्रम पालिकाले अगाडि सारेको वताए । उपाध्यक्ष सगुन गुरुङ र स्वास्थ्य शाखा संयोजक ऋषिराम पौडेलले गाउँपालिकाको अभियानलाई सफल पार्न सवै क्षेत्रको सहयोग आवश्यक रहेको वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->