सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सिन्धुपाल्चकोकको जुगलमा पहिरो, ३६ जना बेपत्ता

सिन्धुपाल्चकोकको जुगलमा पहिरो, ३६ जना बेपत्ता


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०७७, शुक्रबार

काठमाण्डौ, ३० साउन– सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीस्थित लामागाउँमा पहिरोले गाउँ बगाउँदा ३६ जना बेपत्ता छन् । सभामुख अग्नी प्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार ३६ जना बेपत्ता रहेको र अहिलेसम्म कसैलाई पनि निकाल्न नसकिएको बताएका छन् । सभामुख सापकोटा घटनास्थल पुगेका छन्। घाइते पाँच जनाको उद्धार गरेर थप उपचारका लागि चौतारा पठाइएको न्यौपानेको भनाइ छ । उनले भने, अहिले हामी घटनास्थमा छौं थप भन्ने अवस्थामा छैनौं ।’ पहिरो अझै पनि जाने क्रम नरोकिएकोले उद्धारमा समास्या भएको प्रहरीले जनाएको छ । कति घर पुरियो र के कति हताहती भयो भन्ने यकिन गर्न कठिनाइ भएको छ । आज विहान ६ बजे गएको पहिरोले गाउँ बगाएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->