सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

लिदी पहिरो: ५ जनाको शव, ३८ बेपत्ता भएको पालिकाद्वारा पुष्टि

लिदी पहिरो: ५ जनाको शव, ३८ बेपत्ता भएको पालिकाद्वारा पुष्टि


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०७७, शुक्रबार

सिन्धुपाल्चोक, ३० साउन – जुगल गाउँपालिकाको वडा नम्बर २, गोल्चे लिदीमा गएको पहिरोमा १३ घर पुरिँदा ३७ जना बेपत्ता भएको गाउँपालिकाले जनाएको छ । जुगल २, लिदी लामाटोलका ३८ जना स्थानीय बेपत्ता भएको भन्दै जुगल गाउँपालिकाले सूची निकालेको छ । लिदी पहिरोमा परी बेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको पुष्टि गरे पनि विस्तृत विवरण भने प्राप्त नभएको सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।
सभामुख अग्नि सापकोटासँगै पुगेका नेपाली सेनाको टोलीले गम्भीर घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरेको छ । चार जना चौतारा अस्पताल र एक जनालाई काठमाडौंको सिभिल हस्पिटल पठाइएको डीएसपी काफ्लेले जानकारी दिए ।शुक्रबार बिहान साढे ६ बजेतिर बस्तीमाथिको डाँडो भासिएपछि १३ घर पूरै पुरिएको र कम्तीमा ३० घरमा आंशिक क्षति पुगेको गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले जानकारी दिए । पहिरोबाट १५ जना भने सकुशल बाहिर निस्कन सफल भएको नेपालले बताए ।
जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले उपलब्ध गराएको सूचीअनुसार पहिरोमा परी बेपत्ता हुनेहरु निम्नानुसार छन् ।

१.छविलाल दोङ

२.सोमरानी दोङ

३.धनलक्ष्मी दोङ

४.शिरमाया दोङ

५.विवरानी दोङ

६.साहिँली दोङ

७.बिबी लक्ष्मी दोङ

८.सानुकान्छा दोङ

९.साङलामो दोङ

१०सोनाम दोङ

११.हिरा भक्ति दोङ

१२.जीते झाँक्री दोङ

१३.सानुकान्छी दोङ (गर्भवती)

१४.दिन्दुस दोङ

१५.सुरज दोङ

१६.करेसमाई दोङ

१७.च्यामा दोङ

१८.सानु दोङ

१९.टीकामाया दोङ

२०.छिरिङ दोङ

२१.मानबहादुर दोङ

२२.जयबहादुर दोङ

२३.प्रिया दोङ

२४.प्रीति दोङ

२५.कान्छी दोङ

२६.सानुकान्छी दोङ

२७.वाङ्ची लामा दोङ

२८.धनमाया तामाङ दोङ

२९.रेनिस दोङ

३०.मेकमाया दोङ

३१.मिलन दोङ

३२.विमला दोङ

३३.माइला पराङ

३४.प्रकाश दोङ

३५.साइली दोङ

३६.आयुश दोङ

३७.सुवास तामाङ

३८.टीकामाई दोङ

अपडेट 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->