शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा पहिलोपटक जनप्रतिनिधिमा कोरोना

बागलुङमा पहिलोपटक जनप्रतिनिधिमा कोरोना


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०७७, शनिबार

बागलुङ, ३१ साउन– बागलुङमा पहिलोपटक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार क्षयरोग उपचार केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा जिल्ला एक उच्च पदस्थ जनप्रतिनिधि र एक जना वडा तहका जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो । ५४ वर्षिय र ३८ वर्षिया दुवैजना पुरुष जनप्रतिनिधि हुन् । उनीहरु दुवै जनालाई आईसोलेसन लैजाने तयारी भैरहेको छ । ‘उहाँहरु खुल्न चाहनुहुन्छ हुँदैन अहिलेनै सबै नबताउँ’ एक स्वास्थ्यकर्मीले भने, ‘जनप्रतिनिधि भएको कुरा प्रष्ट हो ।’ बागलुङमा रहेका ५४ बर्षिया पुरुष कोरोना संक्रमितको सम्पर्कमा रहेको भन्दै कन्ट्रयाक ट्रेसिङमा परेका थिए भने वडिगाडका जनप्रतिनिधि क्वारेन्टाइन व्यवस्थापनमा खटेको भन्दै जाँच गरिएको थियो । चितवन पुगेर फर्किएका ५४ बर्षिया पुरुषको सम्पर्कमा रहेका चितवनका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनी केही दिन यता होम क्वारेन्टाईनमा थिए । उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि स्रोत खोज्न थालिएको छ । कन्ट्रयाक ट्रेसिङको काम आजै थालिने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । सदरमुकाममा रहेका जनप्रतिनिधि र वडिगाडका जनप्रतिनिधिमा संक्रमण पुष्टि भएपछि समुदायमा कोरोना पुगेको आँकलन गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->