सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आन्तरिक राजश्वका सबै कर्मचारी क्वारेन्टाइनमा

आन्तरिक राजश्वका सबै कर्मचारी क्वारेन्टाइनमा


  • ढोरपाटन संवाददाता
  • साउन ३२ २०७७, आइतबार

बागलुङ, ३२ साउन– कार्यालयका सबै कर्मचारी कोरोना संक्रमितको सम्पर्कमा रहेको पाईएपछि आन्तरिक राजश्व कार्यालय बागलुङका सबै सेवा बन्द भएका छन् । कार्यालयमा कार्यरत सबै कर्मचारीलाई क्वारेन्टाईनमा राखिएकाले एक साताका लागि अनलाईन प्रविधिबाट मात्रै काम गर्नेगरी कार्यालयका सेवा बन्द भएका हुन् ।
शनिबार बागलुङ नगरपालिका–१० स्थायी घर भई बागलुङ नगरपालिका–२ मा व्यवसाय गरेर बस्ने ३८ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । आन्तरिक राजश्व कार्यालयका प्रायः कर्मचारीहरु ती महिलाले सञ्चालन गरेको होटलमा खाना–खाजा खाने गरेकाले उनीहरु सबैलाई परीक्षणको नजिता नआउने बेलासम्मका लागि होम क्वारेन्टाईनमा बस्न लगाईएको छ ।
‘अनलाईनबाट हुने सबै काम हामी गरिरहेका छौं, भौतिक उपस्थितीमा हुने काम एक साता रोकियो’ कार्यालय प्रमुख हेमराज सुवेदीले भने ‘ट्रेसिङमा सबै परेकाले सेवा बन्द गरेर क्वारेन्टाइन बस्नुपरेको हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->