सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आन्तरिक लकडाउन गरौं : उद्योग बाणिज्य संघ

आन्तरिक लकडाउन गरौं : उद्योग बाणिज्य संघ


  • ढोरपाटन संवाददाता
  • भाद्र १ २०७७, सोमबार

बागलुङ, १ भदौ– बागलुङ उद्योग बाणिज्य संघले सोमबार रातीदेखि केही दिनकालागि आन्तरिक लकडाउन गरिदिन व्यवसायीलाई आग्रह गरेको छ । कोरोना भाइरस बिरुद्धको अभियानमा साथ दिन व्यवसायीलाई उक्त आग्रह गरेको हो । संघले पालो मिलाएर बिहान र बेलुकी मात्रै अत्यावस्यक सेवाका पसल खोल्न र अन्य व्यवसाय तत्कालकालागि बन्द गराउन आग्रह गरेको हो ।
संघका अध्यक्ष युवराज राजभण्डारीले बिज्ञप्ती प्रकाशित गरेर अत्यावस्यक सेवा पनि बिहान साँढे ७ बजेदेखि १० बजे र बेलुकी ४ बजेदेख ि६ बजेसम्म मात्रै खोल्न आग्रह गरेका हुन् । त्यस्तै अति आवस्यक परेर आएका बाहेक केही समय सवारी साधन आवागमन पनि रोक्न व्यवसायी र सवारी धनीलाई पनि आग्रह गरिएको छ ।
अत्यावस्यक बस्तु अन्र्तगत दूध, पानी, औषधि तथा सरसफाइका सवारी चलाउने, तरकारी, ग्याँस डिजेल, बाहेकका अरु पसल पनि बन्द गरिदिन आग्रह गरिएको हो । समुदायमा कोरोना फैलिएको भन्दै यो क्रम रोक्न आवस्यक भएको र संघको पनि दायित्व भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->