पोखरा, १ भदौ– ढोरपाटन राष्ट्रिय दैनिकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा २ जना सहकर्मीलाई पुरस्कृत गरेको छ ।
ढोरपाटनले सम्वाददाताको तर्फबाट स्याङ्जा संवाददाता हिमलाल पराजुली तथा कर्मचारीको तर्फबाट यादव रेग्मीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । संवाददात पराजुलीले सम्मानवापत प्रसंसापत्र तथा नगद १५ हजार र रेग्मीलाई प्रसंसापत्र र नगद १०हजार रुपैयाँ प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुबैलाई सम्मान गरे ।






