पोखरा, २ भदौ– पोखरामा दोस्रो कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित ८७ वर्षिय बृद्धको मृत्यु भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचाररत ति बृद्ध साउन ३२ गते श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पतालको इमर्जेन्सी विभागमा भर्ना भएका थिए ।
पोखरा महानगरपालिका वडा नम्बर १६ निवासी मृतक पुरुषमा उच्च ज्वरो पनि थियो । कोरोना संक्रमणको आशंकापछि उनको स्वाब जाँच्दा हिजो मात्रै उनलाई कोरोना पुष्टि भएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचाररत बृद्धको बिहान करिब ११ बजेतिर मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । उनको अहिले शव व्यवस्थापनको तयारी भई रहेको छ ।





