बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

शुद्ध खानेपानीको ब्यवस्था गर्न उच्च अदालतको निर्देशानात्मक आदेश

शुद्ध खानेपानीको ब्यवस्था गर्न उच्च अदालतको निर्देशानात्मक आदेश


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०७७, मंगलबार

बागलुङ, २ भदौ – बागलुङ नगरका उपभोक्ताहरुलाई शुद्ध खानेपानीको ब्यवस्था गर्न उच्च अदालत पोखरा, बागलुङ इजालसले निर्देशानात्मक आदेश जारी गरेको छ । बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाले फोहोर पानी वितरण गरेको भन्दै अधिवक्ता रमेश वहादुर खड्काले जाहेर गरेको रिट निवेदन माथि मंगलवार भएको वहसपछि अदालतले खानेपानी उपभोक्ता संस्थालाई निर्देशानात्मक आदेश दिदै एक हप्ताभित्र स्वस्थ खानेपानीको ब्यवस्था गरी त्यसको जानकारी अदालतमा दिन समेत भनेको छ ।
सफा, शुद्ध, स्वच्छ, स्वस्थ्यवद्र्धक र गुणस्तरयुक्त पानी वितरण गर्नका लागि यथोचित कार्य गर्न भनेको छ । त्यसका लागि बागलुङ नगरपालिका, विज्ञ र सरोकारवालाहरुसंग समेत सल्लाह र परामर्श गर्न आदेशमा भनिएको छ ।
अदालतले स्वस्थ खानेपानीको प्रयोग भए नभएको अनुगमन गरी त्यसको रिपोर्ट अदालत दिन समेत भनेको छ । प्रमुख जिल्ला अधिकारी र बागलुङ नगरपालिकाका प्रमुखलाई त्यसको अनुगमन गरी प्रतिवेदन १० दिनभित्र अदालतमा पेश गर्न समेत आदेश दिएको छ ।
उच्च अदालत पोखरा बागलुङ इजालसका मुख्य न्यायधिश मोहन वहादुर कार्की र द्धारिकामान जोसीको संयुक्त इजालसले सो आदेश दिएको हो । रिटको पक्षमा निवेदक स्वयम खड्का, अधिवक्ता राम शर्मा, हरिकृष्ण सुवेदी, अखिलनाथ शर्मा, चिरञ्जिवी शर्मा र वद्री प्रसाद शर्माले वहस गरेका थिए । प्रतिवादीको तर्फबाट सहन्यायधिवक्ता डा.गोपीचन्द्र भट्टाराई, अधिवक्ता हरिप्रसाद शर्मा, वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद शर्मा निउरे, काजी गाउले श्रेष्ठ र भूमिश्वर गौतमले वहस गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->