सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पीएनमा ‘प्रतिगन्ध’बारे बहस

पीएनमा ‘प्रतिगन्ध’बारे बहस


  • ढोरपाटन संवाददाता
  • भाद्र ३ २०७७, बुधबार

पोखरा, २ भदौ– पोखरा । पृथ्वीनारायण क्याम्पसमा सरुभक्तकृत उपन्यास ‘प्रतिगन्ध’बारे बहस भएको छ । क्याम्पसको नेपाली विभागले आयोजना गरेको किताब बहस जुममार्फत गरिएको हो ।
विभागले मासिक रुपमा आयोजना गर्दै आएको यो दोस्रो गोष्ठी हो । गोष्ठीमा विभागका सदस्य डाक्टर लक्ष्मीशरण अधिकारीले ‘डायस्पोरिक कोणबाट प्रतिगन्ध उपन्यासको विश्लेषण’ शीर्षकमाथि केन्द्रित रहेर गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।
गोष्ठिपत्रको विभागकै सदस्य श्रीधर न्यौपानले टिप्पाणी गरेका थिए । शरीर विदेशमा भए पनि मन स्वदेशमै रहेको नेपालीको कथा समेटिएको ‘प्रतिगन्ध’ नेपाली अमेरिकन डायस्पोराले अमेरिकामा भोग्नुपरेको समस्याबारे चित्रण गरिएको छ ।
उपन्यास भित्रका पात्रमा विभाजित मानसिकता, द्वेध सांस्कृतिक चेतना, अभिघात, पराई मुलुकमा हुने रोमान्स र चिन्ता, जन्मभूमीप्रतिको प्रेम, दुई भिन्न मुलुकको परिवेश जस्ता डायस्पोरिक गुणहरु भेटिन्छन् । गोष्ठीमा सामुहिक छलफल पनि भएको थियो ।
वर्णनात्मक स्वैरकल्पना, चेतनाप्रवाह शैलीजस्ता शैलीगत विविधताले उपन्यास कौतुहलपूर्ण बन्न सक्ने छलफलले निष्कर्ष निकालेको छ । विभागीय प्रमुख कुसुमाकर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागीय सदस्य डाक्टर वासुदेव भण्डारीले स्वागत मन्तव्य राखेका थिए । यादवराज उपाध्यायले सञ्चालन गरेको कार्यक्रमको प्रतिवेदन निर्मल सापकोटाले तयार पारेका थिए ।
प्राज्ञीक उन्नयनको लागि आयोजनाको गरिएको गोष्ठीको शृंखला भदौमा आयोजना हुने छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->