सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

समृद्ध नेपाल निर्माणमा तीजले सबैमा प्रेरणा प्रदान गरोस : मुख्यमन्त्री गुरुङ

समृद्ध नेपाल निर्माणमा तीजले सबैमा प्रेरणा प्रदान गरोस : मुख्यमन्त्री गुरुङ

मौलिक पक्षहरुलाई जीवित राख्‍न र मितव्ययीता अपनाउन सवैमा अपिल


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०७७, शुक्रबार

पोखरा, ५ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिलाहरुको विशेष पर्व तीजले आर्थिक, सामाजिक एवम् साँस्कृतिक रुपले समृद्ध नेपाल निर्माणमा सहयोग गर्न सबैमा प्रेरणा प्रदान गरोस भन्ने शुभकामना ब्यक्त गरेका छन् । तीज पर्वको अवसरमा शुक्रवार शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले तीजले पितृसत्तात्मक समाजले महिलामाथि थुपारेको भेदभाव, असमानता, अन्याय र अत्याचारको विरुद्ध गीत संगीतको माध्यमबाट आवाज बुलन्द गर्न महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् ।
मुख्यमन्त्रीले नेपालमा मनाउने यस्ता मौलिक चाडपर्वहरुले सामाजिक सद्भाव एव् साँस्कृतिक सह-अस्तित्व अभिबृद्धि गरी विभिन्न समुदाय र सम्प्रदाय बीचको एकतालाई दरिलो बनाउनुका साथै हाम्रो राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुर्‍याउँने वताएका छन् । हरितालिका तीज पर्वले पनि सबै जातजाती तथा समुदायबीच आपसी सद्‍भाव, सांस्कृतिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्‍भावलाई प्रगाढ बनाई आर्थिक, सामाजिक एवम् साँस्कृतिक रुपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्‍वास लिएका छन् ।
उनले हाम्रा सांस्कृतिक चाडपर्वहरु मनाइरहँदा यिनका मौलिक पक्षहरुलाई जीवित राख्‍न र मितव्ययीता अपनाउन आवश्यक भएको कुरामा सवैको ध्यानाकर्षण गराएका छन। उनले कोभिड-१९ को संक्रमण अझैपनि नहटेको हुँदा आवश्यक सुरक्षा र सजकता अपनाउन सवैमा अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->