मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

‘दलीत र जनजातिले संस्कृत पढ्न पाउनुपर्छ’

‘दलीत र जनजातिले संस्कृत पढ्न पाउनुपर्छ’


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७७, बुधबार

बागलुङ, १७ भदौ– दलीत र जनजातीका बालबालिकाले पनि संस्कृत गुरुकुल तथा विद्याश्रममा पढ्न पाउनुपर्ने माग तथा त्यो अभियानमा आवाज उठाउनेप्रति अभद्र व्यवहार गरिएको भन्दै संयुक्त दलीत संघर्ष समितिले विरोध गरेको छ ।
बागलुङ नगरपालिका वडा नं. ४ कुँडुले फेदीमा रहेको मुक्तीनाथ बेद विद्याश्रममा दलीत र जनजातीका बालबालिकालाई पनि पढ्न पाउनुपर्ने भन्दै स्थानीय युवा चन्द्रकान्त पौडेलले अभियान चलाएका थिए ।
विद्यालयका अभिभावक र शिक्षकले दलीतलाई अपमानजनक शब्दसहित विरोध र गालीगलौज गरेको भन्दै विज्ञप्ती प्रकाशित गरेर बिरोध गरेका हुन् । समितिकी अध्यक्ष टिकाकुमारी विश्वकर्माले हस्ताक्षर गरेको विज्ञप्तीमा आश्रमहरुमा स्थानीय मात्र नभई देशभरका दलीतका बालबालिकाले पढ्न पाउनुपर्ने उल्लेख छ ।
साथै, उनीहरुले संविधानले दिएको अधिकार प्रयोग गर्नमा पनि स्थानीय अगुवा र विद्यालयका शिक्षकसमेत बाधक हुनु दुःखदायी भएको बताएको छ । समितिले आफ्नो मागलाई नजरअन्दाज गरेर बेवास्ता गरिएमा आन्दोलन गर्न पछि नपर्नेसमेत चेतावनी दिएको छ ।
अहिलेसम्म विद्यालयमा बाहुन तथा क्षेत्री परिवारका बालबालिका पढ्दै आएका थिए । पौडेलले भने दलीत र जनजातीको पक्षमा आवाज उठाउन खोज्दा आँफूमाथि अपमान र हातपात भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->