शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा २० जना प्रहरी सहित गण्डकी थपिए ४५ संक्रमित

पोखरामा २० जना प्रहरी सहित गण्डकी थपिए ४५ संक्रमित


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७७, बुधबार

बागलुङ, १७ भदौ– पोखरामा २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका–१७ मा कार्यरत प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पोखराकै वडा नं. १४ का दुई महिला र वडा नं. १३ का एक पुरुषमा संक्रामण पुष्टि भएको छ ।
उनीहरु सहित गण्डकी प्रदेशमा बुधबार बिहानै ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परीक्षणमा चार जिल्लाका ३५ जनामा संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ की एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी स्टाफ नर्स हुन् ।
लमजुङको सुन्दरबजारका ४ जना, नवलपरासीको बर्दघाट सुस्ता पूर्वको बिनयत्रिवेणीका ५ जना, गैँडाकोटका एक जना र देवचुलीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । लमजुङ सुन्दरबजार–२ का ५० बर्षिया पुरुष ओमनबाट आएका हुन् । सुन्दरबजार–९ की ४९ बर्षिया महिला स्थानीय किराना पसले हुनभने अरु सबै कन्ट्याक ट्रेसिङमा परेका हुन् । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार २ सय ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->