मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

निसीखोलामा खोलाले बगाउँदा बालिका बेपत्ता

निसीखोलामा खोलाले बगाउँदा बालिका बेपत्ता


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७७, बुधबार

बागलुङ, १७ भदौ– भल्कोट खोलाले बगाउँदा बागलुङको निसीखोलामा एक बालिका बेपत्ता भएकी छन् । निसीखोला गाउँपालिका वडा नं. ६ का ‘रासे’ भनिने राजिव बुढाकी ७ वर्षीया छोरी सञ्जिला बुढा मगर हिजो साँझदेखि बेपत्ता भएकी हुन् ।
घरदेखि २० मिटरको दुरीमा रहेको खोलामा साँझ ५ बजे निस्किएकी बालिकालाई एक्कासी बढेको खोलाको बहावले हुत्याएको इलाका प्रहरी चौकी निसीका प्रहरी नायब निरीक्षक लालमणी भट्टराईले जानकारी दिए ।
घटनाबारे प्रहरीलाई बुधबार बिहान ९ बजे मात्र जानकारी प्राप्त भएको थियो । स्थानीयले खबर गरेपछि प्रहरी, स्थानीयबासी मिलेर बालिकाको खोजी कार्य जारी राखेको प्रहरी नायब निरीक्षक भट्टराईको भनाई छ ।
बाबुआमा गोठमा काम गरिरहेको अवस्थामा बालिका खोला किनारमा खेलेको र सोही समयमा ठूलो पानी परेको हुँदा खोलाले बगाएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->