मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

काठेखोलाले थप चार दिन सेवा बन्द गर्ने

काठेखोलाले थप चार दिन सेवा बन्द गर्ने


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७७, बुधबार

बागलुङ, १७ भदौ– गाउँपालिकाको कार्यालयमा कार्यरत एक इञ्जिनियरमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि सेवा बन्द गरेको काठेखोला गाउँपालिकाले थप चार दिनका लागि समय थप गरेको छ ।
कन्ट्या ट्रेसिङका क्रममा अर्का एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिकाले प्रदान गर्ने अत्यावश्यक बाहेकका सेवा पूर्णरुपमा बन्द गर्ने गाउँपालिकाले बिज्ञप्ती मार्फत जानकारी गराएको छ । भदौ ११ गतेदेखि १७ गते राति सम्मका लागि बन्द भएका सेवा थप चार दिनका लागि सञ्चालनमा नआउने गाउँपालिका अध्यक्ष अमर थापाले बताए ।
गाउँपालिकाअन्तरगतका सबै बिषयगत कार्यालयहरु आगामि भदौ २१ गते रातीसम्मका लागि समय थपिएको हो । कोरोना संक्रमण पुष्टिभएका कर्मचारीको सम्पर्कमा रहेका कर्मचारी र सम्पर्कमा रहेका व्यक्तिहरुलाई जाँच गराउन गाउँपालिका अध्यक्षले बिज्ञप्ती मार्फत आग्रह गरेकाछन् ।
त्यस्तै गाउँपालिका कार्यालयको आसपासमा रहेका होटल तथा रेष्टुँरा र घरहरुलाई समेत पूर्णरुपमा बन्द गरेर सहयोग गर्न अध्यक्ष थापाले आग्रह गरेका छन् । कामको शिलिशिलामा काठमाण्डौ पुगेर फर्किएका इञ्जिनियरमा कोरोना पुष्टिभएपछि गरिएको टे«सिङका क्रममा कार्यपालिकाको कार्यालयमा कार्यरत अर्का एक कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->