बागलुङ, १७ भदौ– बागलुङको गलकोट नगरपालिका–७ मल्मकी एक महिला सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ बर्षिया ती महिलाको भारतबाट आएर होम क्वारेन्टाइनमा बसेकी थिईन । लमजुङको बेसिशहर नगरपालिका–३ का ५८ र ४१ बर्षिया महिला, वडा नं. ५ का २३ बर्षिय पुरुष, ८ का २२ महिला र २४ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ । मस्र्याङ्दी गाउँपालिका–६ का २१ बर्षिय पुरुष र कोल्हासोथारका २९ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनीहरु सबै कन्ट्याक ट्रेसिङका क्रममा पहिचान भएका संक्रमित हुन् । यो सँगै बुधबार साँझसम्म गण्डकीमा २ हजार २ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबैलाई आईसोलेसन लैजाने तयारी भैरहेको छ ।





