सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ढोरपाटनमा बाढी र पहिरोले १७ जना बेपत्ता, २५ घर बगायो

ढोरपाटनमा बाढी र पहिरोले १७ जना बेपत्ता, २५ घर बगायो

भीषण बर्षाका कारण बुर्तिबाङबाट हिँडेको प्रहरी टोली बिहिबार बिहानसम्म घटनास्थल पुग्न सकेको छैन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७७, बिहिबार

बागलुङ, १८ भदौ– बागलुङको ढोरपाटन नगरपालिकामा गएराती भिषण पहिरो जाँदा कयौं मानिसहरु हराएका छन् । ढोरपाटन नगरपालिकाको वडा नं. ८ र ९ बोबाङका ठाउँ ठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क बिहिन भएको र थप मानिसहरु हराएको हुनसक्ने स्थानीय जीवन पुनले जानकारी दिए । ढोरपाटन उपत्यका प्रवेश गर्ने देउराली भुजीखोलाको मुहान देउराली पहाडबाट ठुलो पहिरो खसेर कयौं गाउँहरुमा क्षती पु¥याएको उनले बताए । पहिरो र बाढीका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहिन रहेको पुनले बताए ।
यस्तै,  बाढीले लाकुरीबोटका ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर, भुसुन्ड्मा १ घर बगाएको छभने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि समेत बगाएको छ । साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको पुनले जानाकारी दिए । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।
त्यहाँका जनप्रतिनिधिको सम्पर्क हुन सकिरहेको छैनभने भीषण बर्षाका कारण बिहिबार बिहानसम्म बुर्तिबाङबाट हिँडेको प्रहरी टोली घटनास्थल पुग्न सकेको छैन् । ‘प्रहरी रातीनै मुभ भएको हो । ११ जनाको टोलि बाटोमा छ घटनास्थल पुग्न सकेको छैन’ प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले भने ‘क्षती धेरै भएको खवर छ तर पुष्टि गर्न सकिएन् ।’ पहिरोकै कारण प्रहरीको टोलि बाटोमा रोकीएको उनले बताए । ढोरपाटन नगरपालिका र जिल्ला प्रहरीले उद्धारमा जुट्न आग्रह गरेका छन् ।
हराएका मध्ये एक जनाको शव बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । यस्तै ढोरपाटन घुम्न गएका गल्कोटका एकजना व्यक्ति समेत बेपत्ता भएको स्थानीयले बताएका छन् । भूजिखोलामा पहिरोले थुनेर खोला बढेर आएको खबर भएसँगै ढोरपाटन नगरपालिकाको गादिखोला, सहीखोला, बुढाथोक, बुर्तिबाङ बजार, भिमगीठे बजार र खाल, खार खर्वाङसम्म नदी तटमा रहेका वस्तीमा उच्च सतर्कता अपनाउन रातभर आग्रह गरिएको प्रहरीको भनाई छ । उता, घटना स्थलतर्फ ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीको नेतृत्वमा प्रहरी टोली प्रस्थान गरेको छ ।

तस्विरः जीवन पुन/ढोरपाटन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->