सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

राहतसहित गृहमन्त्री पहिरो प्रभावित क्षेत्र बागलुङको ढोरपाटनमा

राहतसहित गृहमन्त्री पहिरो प्रभावित क्षेत्र बागलुङको ढोरपाटनमा


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७७, बिहिबार

बागलुङ, १८ भदौ– बागलुङको ढोरपाटन नगरपालिकाका पहिरो पीडितका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ढोरपाटन आउन लागेका छन् । उनी केहीबेर अघि काठमाण्डौबाट हिँडेका हुन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत गृहमन्त्री बागलुङस्थित पहिरोग्रस्त ढोरपाटन क्षेत्रतर्फ हिँडेका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले बताए ‌। गृहमन्त्रीसँगै पौडेल पनि बागलुङ आउनका लागि हिँडेका छन् । ढोरपाटन नगरपालिका वडा नं. ९ र आसपास क्षेत्रमा बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नं. ८ र ९ बोबाङका ठाउँ ठाउँमा पहिरो खसेको छ । बेपत्ता भएकाहरुको खोजीकार्य जारी छ । खोजी कै क्रममा ९ जनाको शव भेटिएको छभने केहीको सनाखत समेत भएको छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको समूह घटनास्थल पुगेको छ । बेपत्ता कति भए भन्ने विषयमा अझै खोजी भैरहेको र एकिन तथ्यांक आई नसकेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->