सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ढोरपाटनमा मृतकको संख्या १३ पुग्यो, हराउनेको संख्या बढ्यो

ढोरपाटनमा मृतकको संख्या १३ पुग्यो, हराउनेको संख्या बढ्यो


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७७, बिहिबार

बागलुङ, १८ भदौ– ढोरपाटन नगरपालिका–७, ८ र ९ मा बुधबार राती गएको पहिरोमा परी मृत्युहुनेको संख्या १३ पुगेको छ । जिल्ला प्रहरी कार्यालयको अध्यावधिक विवरण अनुसार हराइरहेका मध्ये १३ जनाको शव फेला परेको छभने बेपत्ता हुनेहरुको संखया समेत थपिएको छ । ‘परिवारहरुका अनुसार अझै २७ जना वेपत्ता भएको जानकारी छ’ प्रहरी नायव उपरीक्षक राजेन्द्र रेगमीले भने ‘यो संख्या अझै बढ्न सक्छ ।’ प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानलेपनि हराउनेको संख्या ३० देखि ४० जनासम्म रहेको बताए । तटीय क्षेत्रमा पहिरो सहित आएको भूजी खोलाको बाढी पस्दा उनीहरु बेपत्ता भएका हुन् । घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको रेग्मीले जानकारी दिए ।
बाढीले ३१ घरमा पूर्ण क्षति पु¥याएको उनले बताए । घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ । घटनामा हालसम्म चार जना घाइते भएको प्रहरीको भनाइ छ । अरिवरल वर्षासंगै गएराति १२ वजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->