मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

पहिरो पीडितलाई प्रदेश सरकारको रु ५० हजार सहयोग

पहिरो पीडितलाई प्रदेश सरकारको रु ५० हजार सहयोग

शोकलाई शक्तिामा बदल्नुस् : मन्त्री चुमान


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०७७, बुधबार

बागलुङ, ३१ भदौ– बागलुङको जैमिनी नगरपालिकामा भदौ २८ र २९ गतेको पहिरामा परी ज्यान गुमाएकाका परिवारलाई गण्डकी प्रदेश सरकारले राहत रकम प्रदान गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले आज पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत प्रदान गर्नुभएको हो । पहिरामा परी ज्यान गुमाएका जैमिनी नगरपालिका–१ कुश्मीशेराका लक्ष्मी पौडेल र हरिकृष्ण पौडेल तथा वडा नं ५ बिनामारेकी जालपादेवी पौडेलको परिवारलाई प्रतिपरिवार रु ५० हजारका दरले प्रदेश सरकारले राहत उपलब्ध गराएको हो ।
राहत प्रदान गर्दै मन्त्री चुमानले विपत्को सामना गर्न सबै एक भएर लाग्नुपर्ने बताए । स्थानीय सरकार र सङ्घ सरकारसँगको समन्वयमा विस्थापितको पुनर्वासका लागि पहल गरिने भन्दै उनले तत्कालको व्यवस्थापनका लागि स्थानीय सरकारलाई आग्रह गरे । प्रदेश सरकार पीडितका साथमा रहेकाले शोकलाई शक्तिमा बदल्न उनको आग्रह थियो । जैमिनीमा दुई दिनसम्म निरन्तर परेको वर्षापछि आएको पहिराका कारण आठ घर पुरिएका छन् । पहिराको जोखिमका कारण दर्जनभन्दा बढी परिवार आफ्नो घर छाडेर छिमेकमा बसेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->