बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चितुवाको छालासहित एक जना पक्राउ

चितुवाको छालासहित एक जना पक्राउ

लामिछानेले अबैध रुपमा वन्यजन्तुको छाला तथा आखेटोपहार कारोवार हुदैँ गरेको सूचनाको आधारमा पक्राउ गरिएको प्रवक्ता हमालले बताए ।


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७७, बिहिबार

पोखरा, ८ असोज– वन्यजन्तुको आखेटोपहार अबैध रुपमा ओसारपोसार तथा कारोबार गर्न हिडेका सन्तोष लामिछानेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । लेखनाथबाट पोखरा ३१ बनपोखरीतर्फ जाने क्रममा इलाका प्रहरी कार्यालय शिसुवाले २८ वर्षिय लामिछानेलाई पक्राउ गरेको हो । उनको साथबाट ८ फिट लम्बाई तथा ३ फिट चौडाई भएको चितुवाको छाला एक थान, सालक सालकको खपेटा १ थान (लम्बाई २ फिट ५ ईन्च, चौडाई ११ ईन्च) र करिब ३ किलो ७५० ग्राम बन्यजन्तुको (बाघ) जस्तो देखिने हाड खुट्टा तथा पंजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । अनलाई सर्भिस गर्दै अइरहेका लामिछानेले अनलाइनकै मार्फत वन्यजन्तुको सिकार गरी बेचविखन गरेको हुन सक्ने देखिन्छ । धादिङ गल्छि गाउँपालिका–४ का लामिछानेले अबैध रुपमा वन्यजन्तुको छाला तथा आखेटोपहार कारोवार हुदैँ गरेको सूचनाको आधारमा पक्राउ गरिएको प्रवक्ता हमालले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहत ई.प्र.का. शिशुवा कास्की समेतबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मंगलबार साँझ करिब साढे ६ बजे पक्राउ गरिएको हो । पोखरा महानगरपालिका वडा नं.३१ बनपोखरी स्थितमा शिशुवाबाट सोही वडामा जादै गरेको प्रदेश नं.३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकलको पछाडी जेब्रा झोलामा लुकाई छिपाई ल्याएको अबैध बाघको छाला, सालकको खपेटा तथा बाघको जस्तो देखिने हाड, खुट्टातथा पंजा सहित लामिछानेलाई नियन्त्रणमा लिइएको हमालले बताए । लामिछानेलाई थप अनुसन्धान र आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कास्की पठाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->