पोखरा, ८ असोज– १३ वर्षीया एक बालिकालाई अपहरण तथा बलात्कार गरेको अभियोगमा संलग्न अभियुक्तद्धय संदीप परियार र मंगल भन्ने चन्द्रबहादुर गोलेलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा आख्ने आदेश गरेको छ । थुनछेक प्रयोजनका लागि बुधबार भएको बहसमा पीडितको तर्फबाट अधिबक्ता दुर्गा भण्डारी, जिल्ला सरकारी सह न्यायाधिबक्ता नवराज रेग्मी र पीडकको तर्फबाट अधिवक्ता सुरेन्द्रथापमगर कृष्णकुमार श्रेष्ठ र बिष्णु लम्सालले बहस गरेका थिए ।
गत पुष २७ गते मकवापुर जिल्ला दामन घर भई भिमफेदी गोलमेट बस्ने ती बालिकालाई अभिभावकको मंजुरी बेगर पोखरा काममा लगाई दिन्छु भन्दै चन्द्रबहादुर गोलेले अपहरणको शैलीमा पोखरा ल्याएका थिए । उनले आफू आफ्ना छोरा उमेश गोले र संदीप पयिार मिलेर योजना बनाई नौबिसेसम्म ल्याई पोखराबाटै कार रिजर्भ गरी संदीप परियार, चन्द्रबहादुर गोले र उमेश गोलेले योजना बद्ध ढंगबाट पोखरा ल्याई बलात्कार गरेका थिए । दुई दिनसम्म होटलको कोठामा थुनेर पटकपटक बलात्कार गरे पछि संदिप परियारले ती बालिकालाई बेश्याबृतिमा लगाउन खोज्दा प्रहरीले पक्राउ गरेको थियो ।
पीडितका बावु परिर्वतित जुम बहादुरले गत माघ ३ गते उक्त अभियुक्तहरुकाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा मानवबेचबिखन तथा ओसारपसार र जवजस्ती करणी गरेका भन्दै सिविनको सहयोगमा जाहेरी दिएका थिए । पीडितको संरक्षण भने शक्ति समुहले गर्दै आएको छ । यी अभियुक्तहरुले यस अघि नै अनुसन्धान अधिकारीसमक्ष भइसकेका छन् । उनीहरुले आफुहरु तीन जना भई पीडित बालिकालाइृ पोखरा ल्याई संदीप परियारले जबरजस्ती करणी गरेको उल्लेख गरेकाछन् । मानव बेचबिखन तथा ओसापसार ऐन २०६४ को दफा ४ (२) मा कस्तो अवस्थामा मानवबेचबिखन हुन्छ भनेर परिभाषा गरेको छ । कुनै महिलालाई अनुचित दवाव वा प्रभावमा पारी देश भित्रै पनि बेश्याबृति मा लगाउने उद्देश्यले, जालसाज गरी, प्रपञ्च मिलाई, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, आपूmसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजाने कार्य गरेमा मानव बेचबिखन तथा ओसापसार गरेको मानिनेछ भनि परिभाषा गरेको छ ।





