पोखरा, ८ असोज– गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडाले कास्कीका ४ वटा विद्यालयमा ट्राफिक सचेतता कार्यक्रम सम्पन्न गरेको छ ।
असोज २ गतेदेखि संचालन भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ७ मासवार स्थित मदरल्याणड उच्च मा.वि., पोखरा–१७ स्थित शिशु निकेतन उमावि, पोखरा २७ स्थित त्रिवेणी पव्लिक उ.मा.वि र पोखरा १४ चाउथे स्थित कास्की मोर्डनाईज्ड एकेडेमीका कक्षा १० र १२ का विद्यार्थीहरुलाई सडक अनुशासन, सवारी दुर्घटना न्यूनिकरण, स्कुटर तथा मोटरसाइकलजस्ता साना सवारी चलाउँदा ध्यान दिनु पर्ने कुराहरु, विद्यमान मुख्यमुख्य ऐन नियमहरु र कोरोना भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा मापदण्ड लगायतका विषयमा कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल र प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले प्रशिक्षण दिएका हुन् ।





