बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दुई जनामा संक्रमण पछि पोखरा २० को कार्यालय सिल

दुई जनामा संक्रमण पछि पोखरा २० को कार्यालय सिल

उनीहरुको कन्ट्रयाक ट्रेसिङमा वडाका जनप्रतिनिधि र कर्मचारीहरुसमेत परेपछि रिपोर्ट नआउन्जेल सम्मको लागि वडा कार्यालय पूर्णरुपमा सिल गरिएको हो ।


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०७७, शुक्रबार

पोखरा, ९ असोज– पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालय सिल गरिएको छ । गत असोज १ गते सोही वडाका एक महिलामा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएपछि उनको कन्ट्रयाक्ट ट्रेसिङमा परेका ४ मध्ये कोभिड १९ बाट २ जना पोजेटिभ देखिएको र उनीहरुको कन्ट्रयाक ट्रेसिङमा वडाका जनप्रतिनिधि र कर्मचारीहरुसमेत परेपछि रिपोर्ट नआउन्जेल सम्मको लागि वडा कार्यालय पूर्णरुपमा सिल गरिएको वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए ।
वडाले नै एक विज्ञप्ती जारी गरी वडामा पहिलो संक्रमित संगको कन्ट्रयाक्ट ट्रेसिङमा परेका थप दुई जनामा कोरोना पुष्टि भएको र उनीहरुको कन्ट्रयाक ट्रेसिङमा वडाका अध्यक्ष सहित जनप्रतिनिधि र कर्मचारीहरु गरि २९ जनाको स्वाव संकलन भइसकेको उनले जनाए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->