बागलुङ, १७ असोज -अन्तरपार्टी महिला सञ्जाल बागलुङको अध्यक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की कुसुम बुढा चयन भएकी छन् । आलोपालो प्रणाली अन्तर्गत बुढाले आगामी एक वर्षका लागि सञ्जालको नेतृत्व सम्हालेकी हुन् । बुढालाई शुक्रबारनै निवर्तमान अध्यक्ष मञ्जु क्षत्रीले सञ्जालको निर्णय पुस्तिका प्रदान गरी पद हस्तान्तरण गरिन् ।
सञ्जालको उपाध्यक्षमा नेपाली काङ्ग्रेसको तर्फबाट भगवती केसी, सचिवमा नेपाली काङ्ग्रेसबाटै पिङ्गला जिसी खड्का, सह–सचिवमा सत्तारुढ नेकपाबाट टीकाकुमारी विक र कोषाध्यक्षमा जनता समाजवादी पार्टीकी मिमा गुरुङ श्रीस चयन भएका छन् ।
यस्तै सदस्यमा मञ्जु क्षत्री, सुनिता श्रेष्ठ, गङ्गा शर्मा, चिनीमाया कालामगर, लक्ष्मी बोहोरा, सीता सापकोटा, गोमा छन्त्याल, कमला पराजुली र बलीमाया थापा रहेका छन् ।





