मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

जैमिनीका पहिरो पीडितलाई कतारबाट सहयोग

जैमिनीका पहिरो पीडितलाई कतारबाट सहयोग


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०७७, आइतबार

बागलुङ, १८ असोज– रोजागरीको शिलशिलामा कतारमा रहेका बागलुङे युवाहरुको समुह ‘बागलुङ सेवा समाज कतार’ले जिल्लाको जैमिनी नगरपालिकाका पहिरो पीडितहरुका लागि नगद सहयोग गरेको छ ।
पीडितका लागि तत्कालका समस्यामा सहयोग गर्ने र पुनस्थापनाका लागि सहयोग पु¥याउने भन्दै पीडित दश परिवारका लागि नगद सहयोग गरेको हो । कतारमा रहेका युवाहरुले स्वस्फुर्त संकलन गरेको रकमबाट ५० हजार रुपैयाँ पीडितहरुका लागि उपलव्ध गराईएको समाजका सल्लाहकार सागर पौडेलले बताए ।
जैमिनी नगरपालिका टुनिबोटका ८ र बिनामारेका २ परिवारको लागि राहत रकम उपलव्ध गराईएको हो । समाजले जिल्लाका आर्थिक समस्यामा परेर उपचार गर्न नसकेका पीडितहरु, बाढी तथा पहिरोका कारण पीडित बनेकालगायतलाई सहयोग गर्दै आएको छ । संस्थामा आवद्ध सदस्यहरुबाट संकलित रकम र अन्य जिल्लाबाट समेत कतारमा रोजगारीमा रहेका युवाहरुले गरेको सहयोग रकमबाट उक्त राहत उपलव्ध गराईएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->