मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

राप्रपा बागलुङको अध्यक्षमा खड्का सर्बसम्मत

राप्रपा बागलुङको अध्यक्षमा खड्का सर्बसम्मत


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०७७, सोमबार
?

बागलुङ, १९ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तको एकीकरण समायोजन बैठकले सुरेन्द्र खड्कालाई बागलुङ जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
सोमबार बागलुङ बजारमा भएको एकीकरण बैठकले दुवै तर्फका पदाधिकारी मध्येबाट समायोजन गराएको हो । सदस्यमा भने दुवै पार्टीका जिल्ला सदस्यहरु यथाबत रहने व्यवस्था निर्णय गरेका छ ।
एकीकरण बैठकले सह अध्यक्षमा शैलेन्द्र कुमार श्रेष्ठलाइ तोकेको छ । यस अघि राप्रपाको अध्यक्ष खड्का र राप्रपा संयुक्तको अध्यक्ष श्रेष्ठ थिए । बैठकले उपाध्यक्षमा मनबहादुर घर्ती र नबिनचन्द्र सर्बुजा तथा सचिवमा बिष्णुप्रसाद सापकोटालाई चयन गरेको छ । सहसचिवमा पार्वती शर्मा र कोषाध्यक्षमा जयलाल सापकोटा रहेका छन् । केही समय अघि केन्द्र देखि जिल्ला सम्म पार्टी एकीकरण गर्ने घोषणा भएको थियो । पार्टीलाई एक बनाएर लैजानकालागि बैठक मार्फत जिल्ला कार्यसमिति गठन गरिएको खड्काले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->