मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङको बिहुँबाट बालिका अपहरण गर्ने दुई जना पक्राउ

बागलुङको बिहुँबाट बालिका अपहरण गर्ने दुई जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०७७, बिहिबार

बागलुङ, २२ असोज– विद्यालय हिँडेकी बालिकालाई अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका वडा नं. ६ की एक बालिकालाई गत मंगलबार जर्बजस्ती मोटरसाईकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन् ।
प्रहरीले १९ वर्षिय प्रेम परियार र २४ वर्षिय सुन्दर बिकलाई पक्राउ गरेको छ । स्थानीय एक विद्यालयमा वैकल्पिक सिकाईका लागि हिँड्दै गरेकी बालिकालाई जंगल छेउमा सडकबाट उठाएर मोटरसाईकलमा राखेको देखेपछि स्थानीयले उद्धार गरेका थिए ।
दुवै जनालाई अपहरण तथा शरिर बन्धक मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले ७ दिनको म्याद थप गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । अपहरणमा परेकी बालिका परिवारको संरक्षणमा छिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->