मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

अमलाचौरका ६६ विपन्न परिवारलाई खाद्यान्न सहयोग

अमलाचौरका ६६ विपन्न परिवारलाई खाद्यान्न सहयोग


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७७, आइतबार

बागलुङ, २ कार्तिक– बागलुङ नगरपालिका–१२ अमलाचौरका ६६ विपन्न परिवारलाई वडा दशैको अवसरमा खाद्यान्न सामाग्री वितरण गरिएको छ । विश्वकर्मा कल्याणकारी समाज युकेको सहयोग र नेपाली वेयल फेयर सोसाईटीको समन्वयमा प्रती परिवार २५ किलो चामल, चार पोका खाने तेल र दाल वितरण गरिएको हो ।
कोरोनाको कारण रोजगार विहिन तथा मजदुर परिवारलाई दशैको अवसरमा सहज चाडपर्व मनाउन सहयोग गर्ने उदेश्यका साथ दशैको अवसरमा सहयोग गरेको राहत वितरणका संयोजक टिकाकुमारी विकले जानकारी दिईन् ।
बाँचौ र बचाउ अभियान अन्तर्गत समाजले नेपालमा बाढी पहिरो पीडित, जातिय छुवाछुतको घटना तथा कोरोनाको कारण पीडामा रहेका दलित समुदायलाई आर्थिक तथा खाद्यान्न सहयोग गर्दै आएको विश्वकर्र्मा कल्याणकारी समाज युकेका अध्यक्ष चन्द्र बहादुर सुनारले बताए ।
राहत वितरण कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका बागलुङ जिल्ला ईन्चार्ज वलावति शर्माले विदेशमा आफ्नो छाक काटेर पीडामा रहेका नेपालीलाई सहयोग गर्नु अनुणिय कार्य भएको बताइन् । उनले विपन्न परिवारलाई राज्यले विशेष पहल र प्याकेज कार्यक्रम संचालन गर्नुपर्नेमा जोडदिइन् ।
कोरोनाको कारण छाक टार्न समस्यामा परेका परिवारलाई वडा कार्यालयले पनि खाद्यान्न सहयोग गरेको वडाध्यक्ष गुरूदत्त पाठकले बताए । वडाध्यक्ष पाठकले दशैको खानपिन, दान दक्षिण तथा घरमाईत जाने विषयमा आफ्नो क्षमता र कोरोनाको त्रासलाई ख्याल गर्न आग्रह गरे ।
कार्यक्रममा अन्तरपार्टी महिला संजाल बागलुङका अध्यक्ष कुशुम बुढा मगर, नेपाली काग्रेस बानपा–१२ का वडा सभापति कोपिलामणी शर्मा लगायतले बोलेका थिए । कार्यक्रमको संचालन निसान विकले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->