आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सेना, प्रहरी र जनप्रतिनिधि सहित बागलुङमा २० जना संक्रमित थपिए

सेना, प्रहरी र जनप्रतिनिधि सहित बागलुङमा २० जना संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०७७, सोमबार

बागलुङ, ३ कार्तिक– बागलुङमा नेपाली सेनाका एघार जना र एक जना जनप्रतिनिधि सहित थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमितहरु प्रहरी र सहकारीका कर्मचारी समेत छन् । क्षयरोग उपचार केन्द्र पोखरामा सोमबार गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिका–५ मा रहेको अर्जुनवाण गण घोडाबाँधे व्यारेकका ११ जना जवान, जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत एक प्रहरी, बागलुङ नगरपालिका–२ का तीन जना पुरुष र तीन जना महिला, तथा बानपा–१० का एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी स्रोत व्यक्ति देवप्रसाद घिमिरेले जानकारी दिए । जिल्लाको काठेखोला गाउँपालिकाका एक जना जनप्रतिनिधि, र बागलुङ बजारमा रहेको सहकारीका एक कर्मचारी, तथा भारतदेखि आइ क्वारेन्टाइनमा बसेका व्यक्तिमा संक्रमण पुष्टि भएको उनले बताए । व्यारेक र बजारका सबै संक्रमित कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् । काठेखोलाकी जनप्रतिनिधि महिला कोरोना संक्रमणको लक्षण देखिएपछि धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा भर्ना भइ पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको होभने बानपा–१० का ३७ बर्षिय पुरुष भारतदेखि आइ क्वारेन्टाइनमा बसेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->