बागलुङ, ४ कात्तिक– आर्थिक वर्ष सुरु हुनुअघि आम भेला र आवस्यक विकास योजनाको छनौट गर्ने चलन छ । छनौट भएका योजनामा नगर वा गाउँ परिषदले प्राथमिकताको आधारमा रकम विनियोजन गराउने चलन छ । छनौट भएका योजनामा उपभोक्ता समिति गठन गरेर बजेट सम्झौतापछि काम शुरु हुन्छ ।
उपभोक्ताले गर्ने भएकोले लागत सहभागिता पनि जुटाउनु पर्छ । तर पछिल्लो समय अधिकांस काम ठेकेदारमार्पmत गराउने चलन बढेको छ । लागत सहभागिता जुट्न नसकेको भन्दै राजनीतिक नेतृत्वले नै ठेक्कामा लैजान उक्साउँछन् ।
ठेक्का लिनेहरु पनि अधिकांस दलका नेता र कार्यकर्ता छन् । ठेक्कामा लिएपछि काम अलपत्र पार्ने, कमजोर सामग्री प्रयोग गर्नेजस्ता काम भैरहेका छन् । सदरमुकामको बागलुङ नगरपालिकासहित अधिकांस पालिकामा यस्ता योजना संचालित छन् । उपभोक्ता समिति गठन भएका स्थानमा बजेट आएको छैन । तर ठेक्कामा दिएका स्थानमा गत वर्षको बजेट खातामा राखेर धमाधम काम लगाइएको छ ।
विशेषगरी स्थानीय पूर्वधार विकास साझेदारी कार्यक्रमका योजनामा यो प्रवृत्ति बढेको छ । गतवर्ष नै सक्नुपर्ने १ करोड बजेटको भलायटाकुरा काभ्रे कालीमाटी सडक त्यसको उदाहरण हो । ‘बिएसए निर्माण सेवा’ले ठेक्का लिएर अहिले पनि काम गरिरहेको छ । जनप्रतिनिधिले भने गत वर्षकै काममा म्याद थपेको दावी गर्छन् ।
यस्तै, दर्जन आयोजनामा ठेकेदारले असोज तेस्रो साताबाट काम थालेका छन् । ‘पुरानो पैसा बचाउन बहुबर्षे योजना भनेर काम लगाइएको होला, नत्र बजेट असारमै सक्नुपथ्र्यो’ बानपा ६ का अध्यक्ष खेमराज सापकोटाले भने, ‘उपभोक्ताले गरेझै ठेकेदारबाट गुणस्तर भने हुँदैन ।’ उपभोक्ताले काम गर्दा अपनत्व हुने उनले बताए ।
नगरपालिकाको स्वामित्वमा ल्याइएकोले पुरानो बजेट भएपनि अहिले काम गरिएको योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी दाबी गर्छन् । बजेट बा“की भएमा कोरोना कोषमा लगाउन सरकारले निर्देशन दिएको थियो । नगरपालिकाले आफ्नो खातामा राखेर काम गरेको देखाएपछि कोषमा जम्मा गर्नु नपरेको हो ।
गण्डकी प्रदेशको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालयले दिएको १ करोड बजेटबाट औद्योगिक ग्रामको पूर्वाधार तयार गर्नुपर्ने काममा पनि नगरपालिकाले ठेक्का दिएर पैसा बचाएको छ । ‘सातबिसे कन्स्ट्रक्सन’ले लिएको ठेक्काको काम पुरा गरेन । अहिले तारबार गराएर छाड्ने भन्दै नगरपालिकाले बल्ल काम लगाएको हो ।
जैमिनी नगरपालिकाले पनि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमकै बजेटबाट टुनिबोटदेखि कुश्मीसेरा सडक कालोपत्रे गर्न ठेक्का लगाएको छ । १ करोड बजेटले १ किमी सडक कालोपत्रे गर्न ‘तिलक निर्माण सेवा’ले काम पाएको छ । असार मसान्तमा सक्नुपर्ने काम असोज अन्तिम साता मात्रै थालिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले कोरोनाको संक्रमण र भारी वर्षात्ले काम ढिला भएको दाबी गरे ।
अघिल्लो वर्ष रेग्मी कन्स्ट्रक्सनले बागलुङ नगरपालिकाकै तीनवटा खानेपानीको ठेक्का लिएर लागतभन्दा ९० लाख बढी भुक्तानी मागेपछि बागलुङ नगरपालिकामा विवाद भएको थियो । लागत बढीको रकम दिनेगरी कार्यपालिकाले निर्णय गर्न खोजेपछि जनप्रतिनिधिहरु दुई समूहमा विभाजित भएका थिए । रेग्मीको झण्डै ६० लाख रुपैया“ भुक्तानी रोकिएको छ ।
‘ठेकेदारबाट कमिसन खान पाइने, उपभोक्ताले काम गर्न पनि नपर्ने भएपछि ठेक्का दिन खोजिन्छ’ बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले भने, ‘नियम अनुसार काम गरौं भन्दा कार्यपालिकामै झगडा हुन्छ ।’ हरेक वर्ष एउटै ठेकेदारलाई एकै प्रकृतिका काम दिएर कमिसन खाने प्रवृत्ति मौलाएको उनले टिप्पणी गरे ।





