सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

युवाले पु¥याउँछन् पीडितको घरघरमै सहयोग

युवाले पु¥याउँछन् पीडितको घरघरमै सहयोग

‘विदेशमा साथीहरु खाजा खर्च कटाएर जम्मा गर्नुहुन्छ, यहाँ हामी स्वयंसेवी भावले सहयोग गर्छाै ।’


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०७७, बुधबार

बागलुङ, ५ कात्तिक– बागलुङको जैमिनी नगरपालिका वडा नं. २ दमेककी तुलसी सापकोटा अर्बुद रोग (क्यान्सर) पीडित छन् । लामो समयदेखि उपचार गराइरहेकी उनलाई आर्थिक अभाव भएको छ ।
उपचारमा लाग्ने खर्च जुटाउन मध्यम परिवारको सदस्य भएकाले उनलाई कठिन छ । विभिन्न माध्यामबाट सहयोगको याचना गरिरहेकी सापकोटालाई ‘हाम्रो जैमिनी’ नामक संस्थाले आर्थिक सहयोग गरेको छ । संस्थाले विदेशमा रहेका आफ्ना सदस्यहरुले संकलन गरेर पठाएको रममध्ये २५ हजार सापकोटाको उपचारका लागि उपलव्ध गराएको हो ।
जैमिनीकै वडा नं. ५ बिनामारेका श्रवण सुनुवार मृगौला पीडित हुन् । उनका दुवै मृगौलाले काम गर्न छोडेपछि उपचार चलिरहेको छ । आर्थिक अवस्था कमजोर भएका उनलाई पनि समुहले २५ हजार रुपैयाँ सहयोग गरेको छ ।
जैमिनी नगरपालिका वडा नं. ७ जैदीकी कोपिला शर्मा पनि दुवै मृगौलाले काम गर्न छोडेपछि लामो समयदेखि उपचाररत छिन् । उनको समेत आर्थिक अवस्था कमजोर रहेकाले समुहले २५ हजार रुपैयाँ उपचार खर्च सहयोग गरेको समुहका अध्यक्ष छायाँदत्त चापागाईंले जानकारी दिए ।
समुहले विपद व्यवस्थापन अभियाननै चलाएको छ । अफ्ठेरोमा परेकालाई आर्थिक र भौतिक दुवै सहयोग गर्ने ध्ययले अभियान सञ्चालन गरिएको चापागाईले बताए । जैमिनी वडा नं. ६ अर्जेवाका असक्त लाल बहादुर नेपाली र बिनामारेका टुहुरा बालकलाई खाद्यान्न तथा नगदसमेत समुहले उपलव्ध गराएको छ ।
‘जैमिनीका देश विदेशमा रहेका युवाहरुको समुह बनाएर सामाजिक सेवाको अभियान चलाईरहेका छौं’ चापागाईंले भने ‘विदेशमा साथीहरु खाजा खर्च कटाएर जम्मा गर्नुहुन्छ, यहाँ हामी स्वयंसेवी भावले सहयोग गर्छाै ।’
समुहले विदेश विभाग समेत बनाएको छ । एउटै समुहका सदस्यहरु गाउँ र विदेशमा रहँदा सहयोगका लागि संकलित रकमको सदुपयोग हुने र आफ्नै उपस्थितीमा सहयोग गरेको अनुभुती हुने गरेको युकेमा रहेका समुहका सदस्य रत्नबहादुर क्षेत्रीले बताए । बाढी पहिरोजस्ता विपत्ती, प्राणघातक रोग, अति विपन्नलाई समुहले सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->