मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

पालाको टोल–टोलमा खानेपानी ट्यांकी जीर्ण

पालाको टोल–टोलमा खानेपानी ट्यांकी जीर्ण

जिविस खारेजीमा परेपछि ग्रामीण क्षेत्रका साना आयोजनाहरु अलपत्र पर्न थाले ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ६ २०७७, बिहिबार

बागलुङ, ६ कात्तिक– बागलुङको काठेखोला गाउ“पालिका वडा नं. १ पालास्थित घडेरी खानेपानी आयोजनाको रिर्जभ ट्यांकी चुहिने भएपछि दशकदेखि खानेपानी अभाव छ ।
संकलन ट्यांकी नभएपछि पानी वितरणमा समस्या भयो । १५ घरले खा“दै आएको पानी ट्यांकीमा तोडफोड भयो । कसले फोडेको भन्ने पत्ता नलागेपछि स्थानीयले वर्षौदेखि खानेपानीका लागि सास्ती खेप्दै आएका छन् ।
तत्कालिन जिल्ला विकास समितिले २०५० सालमा बनाएको यो योजना मर्मतका लागि बजेट नआएपछि अलपत्र भएको उपभोक्ता झपेन्द्रबहादुर थापाले बताए । ‘पानीको श्रोत त थियो, संलकन गरेर वितरण गरे मात्र पुग्थ्यो’ थापाले भने, ‘सिधै पाइप लगाएर एकदुइ घरलाई मात्र पुग्छ, सबैलाई वितरण गर्न सकिंदैन ।’
तत्कालिन जिविस गएपछि पानीको योजना पनि समाप्त भएको उनले टिप्पणी गरे । मर्मतको लागि चाहिने डेढ लाख रुपैया“ अभावमा ट्यांकी जीर्ण भएको छ । अहिले ट्यांकीको भग्नाबशेष मात्रै छ । पानी खेप्न स्थानीयले सास्ती खेपेका छन् ।
पालाकै धिमीमा तीन वर्षअघि बनाएको खानेपानीको ट्यांकी निर्माण नसकिंदै चुहिने भएपछि वितरण नै हुन सकेन । बाहिर हेर्दा आर्कषक यो ट्यांकीमा पानी नअडिने समस्या छ । खानोपनी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले ठेक्कामा लगाएको यो आयोजनाका ठेकेदारले काम अलपत्र पारेर हिँडेको उपभोक्ता गोरे बिकले बताए ।
‘काम पनि राम्रो गरेनन्, पानीको श्रोत पनि हिनामिना बनाए’ बिकले भने, ‘कसलाई भनेर समस्या समाधान हुन्छ भन्ने पत्तो लगाउन सकिएन ।’ यो ट्यांकीबाट पनि यहा“का १२ घरधुरीले पानी खान्थे । मर्मत अभावमा चुहिने भएपछि खोल्साको पानी बोकेर खान बाध्य भएको उनले गुनासो गरे ।
साना खानेपानी आयोजना तत्कालिन जिविस र ठूलो आयोजना भएमा डिभिजनले लगानी गरेर बनाउने प्रावधान थियो । जिविस खारेजीमा परेपछि ग्रामीण क्षेत्रका साना आयोजनाहरु अलपत्र पर्न थालेको थापाले टिप्पणी गरे ।
डिभिजनमार्फत गरिने योजनामा भने कुल रकम धेरै हुने, परिचालन खर्च थोरै आउने गरेको डिभिजन प्रमुख राजेन्द्र न्यौपानेले बताए । ‘हरेक वर्ष ३ देखि ४ लाख रुपैया“ बजेट आउ“छ, काम अलपत्र पर्छ’ न्यौपानेले भने, ‘ठूलो बजेट परिचालन नहु“दा धेरै उपभोक्ताले दुःख पाएका छन् ।’ जिल्लाका दर्जनौं योजना बजेट अभावले अधुरा भएको र उपभोक्ताले खानेपानीको सास्ती खेप्न बाध्य भएको उनले बताए ।
खानेपानीको सास्ती भएपछि वडाको बजेट टोल–टोलमा सुरक्षित ट्यांकी निर्माणमा लगाएको वडा अध्यक्ष खड्ग थापाले बताए । ‘धेरै टोलमा समस्या देखिएपछि ट्यांकी मर्मत गरेर खानेपानीको व्यवस्थापन गराएका छौं’ थापाले भने, ‘ठूलो आयोजना संचालनका लागि भने डिभिजनमा माग गरिएको छ ।’
गत आर्थिक वर्ष वडाले गण्डकी प्रदेश सरकारको ३० लाख र गाउ“पालिकाको ८ लाखले टोल टोलमा ट्यांकी, घर घरमा धारा कार्यक्रम संचालन गरिएको छ । चालु वर्षका लागि पनि छुटेका टोलमा ट्यांकी मर्मतमा बजेट लगानी गर्ने योजना वडा समितिले बनाएको छ । गत दुई वर्षमा ८ वटा ट्यांकी मर्मतमार्फत २ सय घरमा खानेपानीको पहु“च विस्तार गरेको थापाले दाबी गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->