सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

तंग्राममा पिकअप दुर्घटना, गम्भिर घाईते एक जनालाई पोखरा पठाईयो

तंग्राममा पिकअप दुर्घटना, गम्भिर घाईते एक जनालाई पोखरा पठाईयो


  • ढोरपाटन संबाददाता
  • कार्तिक ७ २०७७, शुक्रबार

बागलुङ, ७ कार्तिक- जिल्लाको काठेखेल गाउँपालिका-४ तंग्राममा पिकअप भ्यान दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् । बिहिबार साँझ बागलुङ बजारबाट धम्जादेउराली जाँदै गरेको ध१ज२५४ नम्बरको भ्यान तंग्रामको धारा माध्यमिक विद्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा धम्जा देउरालीकी ४७ वर्षीय देवी श्रेष्ठ घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी राजेन्द्र रेग्मीले बताए । भ्यानमा सवार अरु सबैको अवस्था सामान्य छ । घाईते श्रेष्ठलाई उपचारका लागि पोखरा पठाईएको छ । उनको हात र ढाडमा चोट लागेको बताईएको छ । दुर्घटनाको कारण नखुलेको र चालक सम्पर्कमा नरहेको प्रहरीले बताएको छ । भ्यान बाटोबाट केही तल खसेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->