मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

काठेखोलाका १६५ परिवार असिना पीडितलाई दशैमा राहत

काठेखोलाका १६५ परिवार असिना पीडितलाई दशैमा राहत


  • ढोरपाटन संबाददाता
  • कार्तिक ९ २०७७, आइतबार

बागलुङ, ९ कात्तिक- बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका १६५ परिवार असिना पीडितलाई दशैको अवसरमा राहत वितरण गरिएको छ । काठेखोला गाउँपालिका, भीमापोखरा वडा कार्यालय, विवाईसी, सिम्रिक कृषी सहकारी, प्रगति बहुउद्देश्यीय सहकारी तथा स्थानीयवासीको आर्थिक सहयोगकमा २ लाख ५० हजार ४५५ रुपियाँ बराबरको चामल सहयोग गरिएको हो ।
गत बैशाख ८ गतेको भीषण असिना पानीले साविक भीमापोखरा ८ र ९ वडामा करोडौ मुल्य बराबरको अन्नबाली तथा तरकारी नष्ट गरेको थियो । किसानलाई गहुँको बिउ राहत स्वरुप उपलब्ध गराउने योजना भए पनि सिम क्षेत्रको लागि आवश्यक पर्ने गहुँको बीउ खरिदको लागि उपलब्ध नभएको वडाध्यक्ष विद्यापति शर्माले जानकारी दिए ।
राहत वितरण गर्दै गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले कोरोना महाकारीको व्यवस्थापन र उपचारको लागि गाउँपालिकाले ठुलो रकम खर्च गर्दा असिना पीडित कृषकहरुलाई आवश्यक मात्रामा सहयोग गर्न कठिन भएको उल्लेख गरे । ‘क्वारेन्टाईन र आईसोलेसन व्यवस्थापनमा ठुलो खर्च गरेका छौँ’ उनले भने–‘विषम परिस्थितीलाई सबैको साथ र सहयोगले सहज पार लगाउन सक्छौँ ।’
कार्यक्रममा विवाईसी बागलुङका अध्यक्ष मणीभद्र शर्माले बोल्नुभएको थियो । कार्यक्रम वडाध्यक्ष विद्यापति शर्माको अध्यक्षता र प्रेमप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->