मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बन्दीपुरका होटलमा छुट

बन्दीपुरका होटलमा छुट

भत्तपुरे शैलीमा बनेका पुराना घर, छर्लङ्ग देखिने हिमश्रृखंलाको लर्कन, सुर्योदय र सुर्यास्तको दृश्य, दक्षिण एसियाकै ठुलो दाबी गरिएको सिद्ध गुफा बन्दीपुरमा पर्यटक लोभ्याउने आधार हुन् । बिनोद ढुंगाना


  • बिनोद ढुंगाना
  • कार्तिक १० २०७७, सोमबार

तनहुँ, १० कात्तिक – २०७२ सालको भूकम्पपछि सुस्ताएको बन्दीपुरको पर्यटन उकासिदै थियो । सन् २०१९ मा १ लाख २० हजार आन्तरिक र बाह्य पर्यटक आएपछि पर्यटन व्यवसायीमा उत्साह थपियो ।
सरकारले २०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरेपछि बन्दीपुरमा पनि २ लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सरकारले भ्रमण बर्ष रद्ध ग¥यो । र, बन्दीपुरे पर्यटन व्यवसायीको सपना समेत तुहियो ।
कोरोना भाइरसको असरले बन्दीपुरको पर्यटन थला परेको पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बताए । लामो समयसम्म पर्यटकको चहलपहल नहुदाँ विशेष गरी होटल व्यवसाय धान्न मुस्किल परेको उनी बताउँछन् । ‘होटल व्यवसायीले कर्मचारी सबै कटौटी गरेका छन्’, उनले भने ।
झण्डै ६ महिना लामो लकडाउनमा बन्दीपुरका होटल रेष्टुरेण्ट ‘लक’ भए । लकडाउन खुकुलो भएर असोजदेखी खुलेका होटलमा पाहुनाको आवगमनले सन्तोष हुने अवस्था नरहेको प्रधानले सुनाए ।

पछिल्लो समय आन्तरिक पर्यटक छिटफुट बन्दीपुर उक्लन थालेका छन् । अझ धेरै पर्यटकलाई आकर्षित गर्न बन्दीपुरका होटल व्यवसायीले छुटको प्याकेज ल्याएका छन् । यतिबेला छिटफुट पाहुना आईरहेको र दशै तिहारको बेला अत्याधिक पर्यटक भित्र्याउने उदेश्यले बन्दीपुरमा सञ्चालित होटलले १० देखी १५ प्रतिशतसम्म छुट दिइरहेको क्षेत्रिय होटल संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले बताए ।
उनका अनुसार संघमा आवद्ध ७७ होटलमा आउने पाहुनाले उक्त छुट पाउनेछन् । ‘सुरक्षाको मापदण्ड अपनाएर होटल रेष्टुरेण्ट खुलेका छन् । पर्यटकलाई सुक्षित स्वागत र विधाईको अभियान चलाएका छौँ । सन्तोषजनक रुपमा पर्यटक बन्दीपुर उक्लिएका छैनन् । विदाको बेलामा आन्तरिक पर्यटक आर्कषित गर्नलाई छुटको प्याकेज ल्याएका हौँ’, प्रधानले भने । छुटको प्याकेजले लामो समयदेखी कोरोना संक्रमणको डरले घरमै थुनिएर बसेका आन्तरिक पर्यटकलाई बन्दीपुर तान्नेमा उनी विश्वस्त छन् ।
विगतका बर्षमा दशैँ र तिहारको विदामा बन्दीपुर घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको चाप हुन्थ्यो । यो बेला लामो समयसम्म कार्यालय तथा शैक्षिक संस्था बन्द हुने, विदेशमा भएका नेपाली चाडपर्व मनाउन घर फिर्ने र रिफ्रेस हुने वहानामा सपरिवार घुमघाममा निस्कने एकखाले ट्रेन्ड पछिल्ला बर्षमा स्थापित थियो । घुमन्ते ट्रेन्डलाई कोरोनाले ब्रेक गरायो यसपाली ।
पर्यटनको सम्भावनाले भरिपुर्ण गण्डकी प्रदेशका कतिपय प्रचलित गन्तव्य अझै खुल्न सकेका छैनन् । खुलेका गन्तवयमा आउने पर्यटकलाई पिसीआर रिपोर्ट नेगेटिभ अनिवार्य भनिएको छ । बिना रोकतोक पर्यटकका लागी खुला रहेको बन्दीपुरको समग्र पर्यटन शिथिल छ । बन्दीपुरमा पर्यटक ओईरिने समय हो यो । कोरोना प्रभावले पहाडकी रानी उपमाले सुप्रसिद्ध बन्दीपुर बजार, थानीमाईको डाँडो, टुडिखेल र पर्यटकको भिड लाग्ने आसपासका गन्तव्य सुनसान देखिन्छन् ।
कोरोना कहरले विदेशी पर्यटक आउने अवस्था नभएपनि छुटको प्याकेजले आन्तरिक पर्यटक आउछन् कि भन्ने आश जगाएको बताउँछन होटल व्यवसायी बैँश गुरुङ । ‘विदेशी पर्यटकले त लामो समय लकडाउन भएपछि पहिल्यै बुकिङ रद्ध गरिसके । हामीलाई आश जागेको आन्तरिक पर्यटकको हो’, उनी अगाडी भन्छन्, ‘बन्दीपुरमा स्वागत गर्न हामी आतुर छौँ ।’ फ्याट्टफुट्ट आन्तरिक पर्यटक आईरहेको बताउँदै बन्दीपुर हालसम्म कोरोनाबाट सुरक्षित रहेको जिकिर गर्दै घुम्न आउन उनको निम्तो छ ।
झत्तपुरे शैलीमा बनेका पुराना घर, छर्लङ्ग देखिने हिमश्रृखंलाको लर्कन, सुर्योदय र सुर्यास्तको दृश्य, दक्षिण एसियाकै ठुलो दाबी गरिएको सिद्ध गुफा बन्दीपुरमा पर्यटक लोभ्याउने आधार हुन् । अझ पछिल्लो समय त बन्दीपुर गाउँपालिकाले पनि २० बर्षे गुरुयोजना बनाएर गन्तव्य थपिरहेको छ ।
लकडाउनताका गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम र राहतमा रोजगार कार्यक्रममार्फत ८ लाख ५० हजार रुपैयाँ खर्चेर ९ किलोमिटर साइकल लेन तयार पारेको छ । बन्दीपुरदेखी तनहुँकै अग्लो डाँडो छिम्केश्वरी ( सामुन्द्रिक सताहदेखी २१३४ मिटर) लाई साईकल लेनले जोड्ने योजना रहेको गाउँपालिका अध्यक्ष पुर्णसिं थापाले सुनाए । उनका अनुसार यी दुई गन्तव्यलाई जोड्न ४० किलोमिटर साईकल लेन बनाउनुपर्छ । यस्तै, गाउँपालिकाले मिनी ग्रेटवालको अवधारणमा मुकुन्देश्वरी पर्खाल पनि बनाएको छ । बन्दीपुरमा केवलबार पनि निर्माणधिन छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->