सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

टीकाको दोस्रो दिन: मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने क्रम जारी

टीकाको दोस्रो दिन: मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने क्रम जारी


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०७७, मंगलबार

पोखरा, ११ कात्तिक – टीकाको आज दोश्रो दिन। आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशीर्वाद लिने गरिन्छ। कोरोना महामारीका कारण विगत वर्षहरुमा जस्तै ठूलो जमघट र भेटघाट नभएपनि  मान्यजनहरुबाट टिका थाप्नेको चहलपहल सामान्य देखिएको छ। महामारीका कारण तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी परम्परा मान्नु पर्ने बाध्यता आम नागरिकको छ।
विजया दशमीका दिन हिजो नागरिकहरुले सामान्य जमघट गरी टिका लगाए।  दशमीको दिनदेखि शुरु भएको टिका कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ। सुदूरपश्चिम तथा मध्य पश्चिमका केही ठाउँमा भने विजया दशमीको दिन मात्रै टिका लगाउने चलन छ। अधिकांश ठाउँमा दशैँको मुख्य दिन टिका लगाउन नपाएकाहरू आज टीका थाप्न आफन्तकोमा जाने प्रचलन छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->