बागलुङ, ११ कात्तिक-जिल्लाको बडिगाड गाउँपालिकाकी एक सुत्केरी महिलामा अत्याधिक रक्तश्राव कारण समस्या भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रणसिंहकिटेनीकी ३८ वर्षिया पुष्पा श्रीसलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात थप उपचारका लागि पोखराको गण्डकी अस्पताल लगिएको हो ।
घरमै सुत्केरी गराउँदा अत्याधिक रक्तश्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र पुयाइएको थियो । केन्द्रमा अवस्थामा सुधार नआएपछि पोखरा पठाउनु परेको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चुडामणी कँडेलले जानकारी दिए ।
बच्चालाई बचाउन नसकेपनि आमाको अवस्थामा सुधार आइरहेको सुचना पाएको कँडेलले बताए । सुत्केरी पुष्पा र श्रीमान इमानसिंह श्रीस दुवै जना पेशाले शिक्षक हुन । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा श्रीसको उद्धार गरिएको हो ।





