आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोना संक्रमणबाट बागलुङ गलकोटका ७२ बर्षीय पुरुषको मृत्यु

कोरोना संक्रमणबाट बागलुङ गलकोटका ७२ बर्षीय पुरुषको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०७७, बिहिबार

पोखरा, १३ कात्तिक- कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको ज्यान गएको छ । कोरोना संक्रमणका कारण बागलुङ गलकोट नगरपालिका-३ का ७२ बर्षीय पुरुषको निधन भएको हो । कोरोना संक्रमित ती पुरुषको बिहिबार साँझ करिव ५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसियुमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । उनलाई कार्तिक ८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । ती पुरुष निमोनिया र हाइपरटेन्सनको बिरामी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->