सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

ढोरपाटनका पीडितलाई सवा ११ लाख सहयोग

ढोरपाटनका पीडितलाई सवा ११ लाख सहयोग


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०७७, सोमबार

बागलुङ, १७ कात्तिक– जापानमा रहेका बागलुङे युवाहरुको समुह बागलुङ समाज जापानले जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङका बाढीपहिरो पीडितका लागि नगद सहयोग गरेका छन् ।
जापानमा चलाईएको सहयोग अभियानबाट संकलित रकम नगरपालिकाको बाढीपहिरो राहत कोषमा जम्मा गरेका हुन् । उनीहरुले पीडितको सहयोगका लागि ११ लाख २९ हजार ६ यस ९२ रुपैयाँ पठाएका थिए ।
जापानबाट सिधा पैसा नेपालको सरकारी खातामा जम्मा गर्न केही कानुनी झन्झट भएकोले बागलुङ समाज जापान नेपालका सम्पर्क व्यक्तिको रुपमा रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठमार्फत राहत कोषमा रकम जम्मा गरिएको निवर्तमान अध्यक्ष सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।
पुर्वअध्यक्ष श्रेष्ठले आर्थिक अभियानलाई सहयोग गर्ने सम्पुर्ण संघ संस्था तथा जापानबासी नेपाली समुदायलाई धन्यवाद ब्यक्त गरेका छन् । उक्त रकम पीडितको पुर्नउत्थानका लागि एकमुष्ठ रुपमा प्रयोग गर्ने ढोरपाटन नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->