आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ओरालो लाग्दै सक्रिय संक्रमितको संख्या

ओरालो लाग्दै सक्रिय संक्रमितको संख्या


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०७७, सोमबार

काठमाडौं, १७ कात्तिक– देशभर पछिल्लो २४ घण्टाभित्र २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसै अवधिमा ३ हजार १ सय ५० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको मन्त्रालयले जनाएको छ । यता कोरोनालाई जित्नेको संख्या पनि एक लाख ३७ हजार ९ सय ९२ पुगेको छ ।
मन्त्रालयको विवरण अनुसार पछिल्लो २४ घन्टामा थप २४ जनाले ज्यान गुमाएका छन् । थप २४ को मृत्युसँगै नेपालमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या पनि ९ सय ८४ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->