काठमाडौं / प्रधानमन्त्री बालेन शाहले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गरेका छन्। प्रधानमन्त्रीले सोमबार त्रिवि मैदान पुगेर एनपिएलको उद्घाटन गरेका हुन्।
प्रधानमन्त्रीसँगै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि कीर्तिपुर पुगेका छन्। एनपिएल उद्घाटनमा प्रधानमन्त्री गएको यो पहिलो पटक भने होइन। अघिल्ला संस्करणका उद्घाटन समारोहमा पनि प्रधानमन्त्री सहभागी भएका थिए। उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै छन्।
हेर्नुहोस् मैदानका झलकहरू :


























