पाेखरा / नेपाली क्रिकेटको महा कुम्भ नेपाल प्रिमियर लिग(एनपिएल) आजबाट सुरु हुँदै छ । लिगको उद्घाटन खेलमा साविक लुम्बिनी लायन्स र सुदुरपश्चिम रोयल्सबीच साँझ पाँच बजे खेल हुनेछ ।
यि दुवै टोली दोस्रो सिजको फाइनलमा भिडेका टोली हुन् । गत वर्षको फाइनलमा सुदुरपश्चिमलाई लुम्बिनीले हराउँदै च्याम्पियन बनेको थियो । सुदुपश्चिम भने लगातार दोस्रो सिजनसम्म उपविजेतामै सिमित भएको टोली हो ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यि दुई टोलीको भेट समग्रमा चौथो पटक हुनेछ । यि दुई बीचको खेलमा सुदुरपश्चिमले २ पटक हराउँदा लुम्बिनीले एक पटक हराउन सफल भएको थियो ।
सन् २०२४ मा आयोजित एपीएलको पहिलो संस्करणको लिग चरणमा पहिलो पटक यी दुई टोली आपसमा भिडेका थिए । उक्त खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको थियो । यसैगरी, सन् २०२५ मा आयोजित एनपीएलको दोस्रो संस्करणमा पनि सुदूरपश्चिम र लुम्बिनीबीच दुईपटक भेट भएको थियो ।
दोस्रो संस्करणको लिग चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई सात विकेटले हराएको थियो । तेस्रो भेट अर्थात् दोस्रो सिजनको फाइनलमा भने २ पटकको हारको बदला लिदैँ लुम्बिनीले ६ विकेटले हराउँदै उपाधि चुमेको थियो ।
फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा केवल ८५ रन बनाउँदै अलआउट भएको थियो । जवाफी ब्याटिङ गरेको लुम्बिनी लायन्सले ९ ओभरमा ४ विकेट गुमाउँदै जित हासिल गरेको थियो ।





