बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अस्ताए पोखरेलीको प्रिय सुर्य बहादुरका किरण

अस्ताए पोखरेलीको प्रिय सुर्य बहादुरका किरण

ब्रान्ड अफ रारा नुडल्स दक्षिण एशियाकै पहिलो चाउचाउ, राप्रपादेखि कांग्रेससम्मको राजनिति यात्रा


  • विजय नेपाली
  • कार्तिक १८ २०७७, मंगलबार

पोखरा, १८ कात्तिक– नेपालमा मात्र प्रख्यात नभइ दक्षिण एशियामा नै आफ्नो छवि बसालिसकेका उद्योगपति एवम् सांसद सुर्यबहादुर (सिताराम) केसीको किरण अस्ताएको छ ।
मधुमेहका दिर्धरोगी समेत रहेका उद्योगपति, समाजसेवी, खेलप्रेमी, शिक्षा प्रेमी केसिको सुर्य सोमबारको सुर्य अस्ताएसंगैँ अस्ताएको छ । मंगलबार विहानको सुर्यको किरण त आयो तर आएन सुर्यबहादुर केसीको किरण । केसीको ६३ वर्षको उमेरमा निधन भएको हो । प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य समेत रहेका र दक्षिण एशियामै पहिलो चाउचाउ उत्पादन गर्ने कम्पनीको इतिहास बोकेका केसीको गृह जिल्ला कास्कीमा सोमबार राती साढे १० बजे निधन भएको थियो । उनको मंगलबारनै पोखरा ९ शान्तिघाटको विधुतीय शवदाह गृहमा अन्त्यष्टि गरिएको छ । विगतमा मृगौला प्रत्यारोपण गरेका केसीलाई मधुमेह लगायतका समस्या थियो । सोमबार राति एक्कासी चापेपछि नजिकै रहेको चरक मेमोरियलअस्पताल लैजाँदै गर्दा निधन भएको हो । २०१४ जेठ १० गते पोखरामा जन्मेका केसीले औद्योगिक प्रतिष्ठान मात्र होइन, यहाँको शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रको उन्नति र प्रगतीका लागि समेत महत्वपूर्ण योगदान दिएका छन् । उनको परिवारमा तीन छोरा, एक श्रीमति, तीन बुहरी र ६ जना नातिनातिना छन् ।
ब्रान्ड अफ रारा नुडल्स दक्षिण एशियाकै पहिलो चाउचाउ
उद्योगपति सुर्यबहादुर केसीको पहिलो पहिचान नै रारा चाउचाउ हो । नेपालमा रारा चाउचाउको लोकप्रियता निकै छ । देशको हरेक कुना र घरहरुमा रारा चाउचाउ पाकेकै हुन्छन् । नपाक्ने घर सायदै छैनन् होला । त्यसो त खेलकुदमा समेत जोडिएर रारा चाउचाउले मुख्य प्रायोजन गर्दै आइरहेको छ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता । पोखरामा हुने मोफसलकै एक मात्र चर्चित एवम् लोकप्रिय फुटबल प्रतियोगिता हो । रारासंगै कम्पनीले आहा चाउचाउ समेत उत्पादन गर्छ ।
दक्षिण एशियाकै पहिलो चाउचाउको रुपमा रहेको राराले नै उनलाई एउटा सफल उद्योगपनि बनाएको पाइन्छ । केसी रारा चाउचाउको उप्पादक उद्योग हिम श्री फुड्सका कार्यकारी अध्यक्ष हुन् । चाउचाउको इतिहासमा दक्षिण एसियाकै पहिलो चाउचाउ हुनुको कीर्तिमानीको श्रेय केसीलाई नै जान्छ । हिमश्री फुड्ससम्म आइपुग्दा केसीले निकैै संघर्षनै गर्नुप¥यो । गण्डकी नुडल्सबाट सुरुवात हुदैँ एभरेष्ट र हिमश्री रहन पुग्यो । रारा चाउचाउले बजार व्यापक लिएको कारण भारतको म्यागीले उद्योग नै किन्ने प्रयास समेत गरेको थियो ।
गण्डकी नुडल्स सञ्चालन गर्ने समयमा दैनिक २० हजार प्याकेट उत्पादन हनेगरेको थियो । उत्पादन बढाउदै एभरेस्ट बनाउदा कम्पनीले ५० हजार उत्पादन गर्न थाल्यो । २०५८ साल देखि हिमश्रीसंगै डेढ लाख प्याकेट उत्पादन सुरु गरेको थियो ।
भारतीय कम्पनीले किन्ने प्रयास गर्दा केसी नमानेपछि अन्य लगानीकर्ता छुट्टिन थालेका थिए । राराबाटै छुट्टिएर सुरु भएको अर्को चाउचाउ हो रम्बा । नबेचेकै कारण एक्लिएका उनले स्वदेशी उत्पादननै गर्नुपर्छ भन्दै कस्सिए र एशियाकै इतिहास बने ।
राप्रपादेखि कांग्रेससम्मको राजनिति यात्रा
नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित केसी कांग्रेसको आमन्त्रित सदस्य समेत हुन । २०३९ सालमा तत्कालिन प्रधानपञ्चले वडा नं. १५ मा पर्ने केसीको घरमा बाटोपर्ने भन्दै नक्सापासको काम रोक्का गरेका थिए । सोहि समयमा केसी गर्जिदै जवाफ फर्काए, भोलि म यही पदमा आउन सक्छु । मेरो नक्सापास नगर्ने भनी प्रश्न गरे र राजनीतिमा प्रवेश गरे । तत्कालिन प्रधानपञ्च उत्तम पुनलले स्याउलीबजारको बाटो र रामबजारको बाटोमा भ्रष्टाचार गरेको ठहर भयो र नगर पञ्चायत विघटन भयो । २०४१ सालमा प्रधानपञ्चको उपनिर्वाचन भयो, जहाँ उत्तम पुन उठे प्रतिद्वन्द्वीका रुपमा केसी आए र ४ हजार २ सय मतले विजयी भए । २०४३ मा भएको निर्वाचनमा समेत काजीमानलाई हराउँदै अर्को कार्यकाल समेत प्रधानपञ्च भए । वि.सं. २०५१ मा उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचनमा उठे । तत्कालीन कास्की क्षेत्र २ बाट प्रत्यक्ष चुनाव लडेका केसी त्यतिबेला भने ११ हजार मतसहित तेस्रो बने । हारपछि भने उनले प्रत्यक्षतर्फको चुनाव लडेनन् । राप्रपाबाट २०६४ सालमा समानुपातिक कोटाबाट संविधानसभा सदस्यमा निर्वाचित भए । ९ वर्षपछि राप्रपाबाट बाहिरिएर कांग्रेस प्रवेश गर्दै समानुपातिकबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भए । २०७३ साल देखिनै आमन्त्रित केन्द्रीय सदस्य हुदैँ कांग्रेस प्रवेश गरेका उनी मर्नुअघिसम्म पोखरेली सवैको प्रिय भए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->